रुस–युक्रेन युद्ध विराम गर्न सहमत

काठमाडौं । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी शहर ओलेस्कीमा अक्टोबर २७ देखि युद्धविराम लागू गर्न सहमत भएका छन्। दुवै पक्ष आगामी महिना शान्ति वार्ताको नयाँ चरणमा सहभागी हुने भएका छन्।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको सहमतिले युद्ध प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको छ। ह्वाइट हाउसका अनुसार युद्धअघि २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७ सयदेखि २ हजार जनामात्रै बाँकी छन्।

अमेरिकी अधिकारीका अनुसार आगामी त्रिपक्षीय वार्ता आबुधाबी वा स्विट्जरल्याण्डमा हुन सक्नेछ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अर्को महिना नयाँ चरणको शान्ति वार्ता हुने पुष्टि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर