आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच भीडन्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली प्रतियोगितामा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ। सुदूरपश्चिम दोस्रो खेलमा जितको खोजीमा रहँदा पोखरा भने प्रतियोगिताको पहिलो खेलमै जित निकाल्ने योजनामा छ।
सुदूरपश्चिमले यसअघि खेलेको पहिलो खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिम जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ। यता पोखरा पनि पहिलो खेलमै जित हासिल गरेर सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।
प्रतिक्रिया
