एनपीएलमा चाँदीको बल पुरस्कार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटलाई थप उचाइ दिन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारमार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल दिन थालेको छ ।
आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती सात टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गरिने छ । यस पुरस्कारको रोचक पक्ष के छ भने एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा जित्ने टोलीका खेलाडी मात्रै होइन, दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडी चाँदीको बलबाट सम्मानित हुनेछन् ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बलले आफ्नो यात्रा प्रारम्भ गरिसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
