विराटनगर किंग्समाथि चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हात पारेको छ । आज  मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको हाे ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।

चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए । रवि बोपारा ३२ र दान माउजली २९ रनमा अविजित रहे । विराटनगरका चार बलरले १–१ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर