एनपीएलको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह सहभागी हुने भएका छन्। प्रधानमन्त्री शाहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि प्रतियोगिता सुरु हुँदैछ। सोमबार बेलुकी साढे ४ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यस वर्षको एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर