कांग्रेसका बाँकी पदाधिकारीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएसँगै अब अन्य पदाधिकारीको मतपरिणामको प्रतीक्षा छ। सभापति पदको मतगणना सकिए पनि उपसभापति र महामन्त्रीलगायत अन्य पदको गणना सुरु हुन बाँकी छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदका उम्मेदवारलाई आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। उक्त छलफलपछि बाँकी पदको मतगणना अघि बढाउने तयारी गरिएको छ।

हिजो शुक्रबार मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको गणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाउँदा ५४ मत बदर भएको थियो । महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । अब बाँकी पदाधिकारीको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर