नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

पालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डन्डा पुर्‍याएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसैबीच दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये एक जनाको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ। पहिचान खुल्नेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर