मौसम : सामान्य बदली रहने

काठमाडौं । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज शुक्रबार देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षासम्मको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशीका हिमाली तथा पहाडी र बागमती तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा आंशिक बदली रहने र बिहानीपख हुस्सु लाग्न सक्ने भएकाले दैनिक जनजीवन तथा यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर