हिमपहिरो : १५ जनाको शव फेला

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ । उद्धार टोलीले बिहीबार थप आठ जनाको शव निकालेसँगै अब एक जनाको मात्रै शव भेटिन बाँकी रहेको हो ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को विशेषज्ञ खोज तथा उद्धार टोलीले कठिन परिस्थितिका बिच बिहीबार आधार शिविर क्षेत्रबाट आठ वटा शव फेला पारेको हो ।

हिजो बिहीबार भेटिएका शवमध्ये ६ वटा फु गाउँमा र दुई वटा सदरमुकाम चामेमा हेलिकोप्टरमार्फत ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ल्याइएका शवहरूको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।

अझै पनि सम्पर्कविहीन रहेका अन्तिम एक जना हिमालयन होलिडेजका सदस्य हुन् । प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका बिच अन्तर्राष्ट्रिय पर्वतीय महासंघ (आईएफएमजीए) का माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा खटिएको टोलीले बाँकी एक जनाको खोजी कार्यलाई तीव्र बनाएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर