आज हिमाली र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं ।  नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

सोमबार दिउँसो देशभर आंशिक बादल लाग्ने तथा सुदू्रपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको  वर्षा हुने महाशाखाले जनाएको छ ।

मङ्गलबार देशभर आंशिक बादल लाग्ने तथा देशका हिमाली भूभागका एक, दुई स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर