बागमती र विष्णुमतीमा बाढी, सावधान रहन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाका बागमती र विष्णुमती नदीमा पानीको बहाव बढेको छ। नदी आसपासका क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक रूपमा नजान र सुरक्षित रहन आग्रह गरेका छन्। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया
