कृष्णभिर नजिकै पहिरो खसेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहीबार बिहान करिब साढे ५ बजे बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरभन्दा १०० मिटर अगाडि लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ। सोही गाउँपालिकाको वडा नं. ९ ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ।

लगातार परिरहेको पानीका कारण सडकमा थुप्रिएको लेदो पन्छाउन समस्या भइरहेको छ। गत भदौ १० र १४ गते आएको बाढीका कारण कृष्णभिरमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि नयाँ ट्रयाक निर्माण गरी असोज १ गतेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर