बक्सर खगेन्द्रको विजयी सुरुआत
काठमाडौं । २० औँ एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोकामगरले विजयी सुरुआत गर्नुर्भको छ । नागोयास्थित निसिओ जिम्न्यासियममा खगेन्द्रले बुधबार मकाउका एलभन जोन रेयस सालिनासलाई अङ्कको आधारमा ५–० ले हराउनुभयो । पाँचै निर्णायकले खगेन्द्रको पक्षमा ३०–२६, ३०–२६, ३०–२५, ३०–२५, ३०–२५ ले निर्णय दिएका थिए ।
चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको यो पहिलो जित हो । एक दिनअघि नेपाललाई पदक दिलाउने अपेक्षा गरिएका बक्सर चन्द्रबहादुर थापा पहिलो चरणबाटै विदा हुनुभएको थियो । यसैगरी महिला ५१ केजीमा रमिसा श्रेष्ठ पनि मङगलबारै भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित हुनुभएको थियो । अब बक्सिङमा रवीन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी)ले प्रतिस्पर्धा गर्न बाँकी छ ।
प्रतिक्रिया
