आज असोज ७ गते बुधबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा नयाँ मानिससँग चिनजान बढ्नेछ। आफ्नो कुरा सीधा राख्दा लेनदेन सहज हुनेछ। नजिकको सम्बन्धमा मनको कुरा खुलेर राख्दा राम्रो हुनेछ। शरीरमा थकान लागे केही समय आराम गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुरानो पैसाको हिसाब मिलाउन सकिनेछ। घरमा तपाईंको निर्णयलाई साथ मिल्नेछ। पढाइमा पहिले नबुझेको कुरा बिस्तारै स्पष्ट हुनेछ। धेरै चिल्लो खाना नखानुहोस्। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सम्पर्कले कामको बाटो फराकिलो बनाउने छ। बोल्ने र बुझाउने शैलीबाट राम्रो प्रभाव पर्नेछ। अनलाइन वा प्राविधिक काम सहजै अघि बढ्नेछ। साथीभाइसँगको भेटले मनमा उत्साह थप्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरको खर्च सम्हाल्दा आर्थिक बोझ घट्नेछ। व्यक्तिगत रूपमा लामो समयदेखि चाहेको एउटा काम अघि बढ्नेछ। आफन्तसँगको भेटले मन खुसी बनाउनेछ। निद्रा पूरा गर्नु स्वास्थ्यका लागि राम्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायमा आफ्नो पहिचान बलियो बनाउने मौका मिल्नेछ। कामको जिम्मेवारी बढे पनि आत्मविश्वास कम हुने छैन। सामाजिक भेटघाटबाट राम्रो सम्बन्ध बन्नेछ। परिवारका सदस्यले तपाईंको निर्णयलाई सम्मान गर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने तरिकामा सानो सुधारले समय जोगाउनेछ। नयाँ सीप सिक्ने रुचि बढ्नेछ। घरको आवश्यक काम पनि सँगसँगै पूरा हुनेछ। समयमा भोजन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा रहेको दूरी घट्नेछ। तपाईंको मीठो बोलीले कुरालाई सहज बनाउनेछ। साझेदारीको काममा नयाँ प्रस्ताव आउन सक्छ। मनलाई हलुका राख्न केही समय आफ्नै लागि छुट्याउनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अआर्थिक विषयमा कुरा प्रस्ट भएपछि निर्णय लिन सजिलो हुनेछ। काममा आफ्नो योजना सोचेर मात्र अरूसँग बाँड्नुहोस्। परिवारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्नेछ। व्यक्तिगत विषयमा अरूको दबाब नलिनु राम्रो हुन्छ। आजको शुभ रंग गाढा नीलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ठाउँसँग जोडिएको कामले ध्यान तान्नेछ। यात्रामा उपयोगी व्यक्तिसँग भेट हुन सक्छ। व्यापारमा नयाँ ग्राहक खोज्ने सोच अघि बढ्नेछ। यात्रामा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी पूरा गर्ने क्रममा आफ्नो क्षमता देखिनेछ। कामको परिणामले आत्मविश्वास बढाउनेछ। आम्दानीको केही हिस्सा जोगाउने सोच बन्नेछ। लामो समय बसिरहँदा बीचमा शरीर चलाउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रविधिको प्रयोगले दैनिक काम सजिलो पार्नेछ। नयाँ तरिका सिकेर त्यसलाई तुरुन्त प्रयोग गर्न सकिनेछ। सामाजिक चिनजानबाट उपयोगी खबर आउनेछ। आफ्नो रुचिको विषयमा समय दिँदा मन रमाउनेछ। आजको शुभ रंग समुद्री नीलो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कसैलाई दिएको साथको राम्रो प्रतिक्रिया पाइनेछ। आर्थिक निर्णयमा भावनाभन्दा वास्तविक अवस्था हेर्नुहोस्। संगीत वा कलासँग जोडिएको काममा मन लाग्नेछ। शरीरले मागेको आराम पूरा गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
प्रतिक्रिया
