त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवादपछि बस चालकले गरे आत्मदाह !

काठमाडौं ।  काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएपछि रिद्धिसिद्धि यातायातका बस चालकले आफू र बसमा आगो लगाएका छन्।

प्रारम्भिक विवरणअनुसार बिहान करिब १०ः४१ बजे हर्न निषेधित क्षेत्रमा हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले बस त्यहीँ छाडेर हिँडेका थिए। करिब १२ः१६ बजे पुनः बसमा फर्किएका चालकले प्र’ज्वलनशील पदार्थ छर्केर आफू र बसमा आ’गो लगाएका थिए।

घटनाको सूचना पाएपछि १२ः१९ बजे दमकल खटाइएको थियो। १२ः२७ बजे घटनास्थल पुगेको दमकलले १२ः३८ बजे आगलागी नियन्त्रणमा लिएको जनाइएको छ। आगलागीबाट गम्भीर घाइते चालकलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर