प्रधानमन्त्रीसँग नेताहरूको भेट
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज सोमबार नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्श गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि मङ्गलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
