आगामी असोज १० गते भीषण वर्षा हुनसक्ने सम्भावना
काठमाडौं । यही आउँदो असोज ८ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा विकसित ‘अर्नव’ नामक चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरूबाट नाप्दा अवस्था भयावह देखिने मौसमविद् उज्ज्वल उपाध्याय बताउँछन् ।
आगामी असोज १० गते सबैभन्दा ठूलो जोखिम हुनसक्ने देखिने उपाध्याय बताउँछन् । सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने उनको भनाइ छ । गएको २०८२ कात्तिक महिनामा पनि अति शक्तिशाली मानिएको ‘मोन्था चक्रवात’ ले भारतीय पूर्वी-समुद्री तटमा भीषण क्षति गरे पनि नेपाल आइपुग्दा कमजोर भएर न्यूनचापीय प्रणालीमा रूपान्तरण भई अनुमानितभन्दा क्षति धेरै कम भएको थियो ।
प्रतिक्रिया
