माथिल्लो त्रिशूली-१ को टनेलमा भेटिए ६ वटा शव

काठमाडौं । चिलिमेको टनेलबाट ५ शव फेला परेपछि खोजी तथा उद्धार टोली बाढी आएको २३ औँ दिन आज शुक्रबारबाट माथिल्लो त्रिशूली-१ को टनेल केन्द्रित भएको छ। खोजीको कामले गति लिएसँगै शुक्रबार टनेलबाट ६ वटा शव निकालिएको छ।

यसमा करिब ५० जना फसेको आँकलन छ। टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा ती शवहरू अल्झिएको अवस्थामा फेला परेका हुन्। टनेलको भित्री भागमा अन्य शव जस्तो आकृति देखिएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिन्छ।

रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली-१ मा करिब ५० र त्रिशूली-३ ‘ए’ मा करिब ४२ गरी १ सय २१ जनाको हाराहारीमा मानिसहरू टनेलभित्र फसेका छन्। बेपत्ताको संख्या नौ सय बढी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर