उदयपुरको अधेरीमा हाइस दुर्घटना, १७ जना घाइते
काठमाडौं । मदन भन्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका –७ स्थित अधेरीमा सडक दुर्घटना हुँदा १७ जना यात्री घाइते भएका छन् । उदपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३७ नम्बरको हाइस् र विपरीत दिसाबाट आउँदै गरेको ना ७ ख ३९१ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो।
सो दुर्घटनामा परेर घाइते हुनेहरुमा गोरखा काठमाडौ जिल्ला चन्द्रागिरी नपा-१४ का ५६ वर्षकी इन्दिरा श्रेष्ठ, मोरङ्ग जिल्ला सुन्दरहरैचा बस्ने २७ वर्ष कि पवित्रा भट्टराई, काठमाडौं जिल्ला चन्द्रागिरी नपा-१४ बस्ने ४८ वर्षीया रुकमाया श्रेष्ठ, सोही ठाउँका ५३ वर्षीया पविला श्रेष्ठ छन् ।
मोरङ्ग जिल्ला कानेपोखरी –६ रमाइलो बस्ने २४ वर्षको लबिन चौलागाई, सोहीठाउँका ४० वर्षे देवराज विक, ४४ वर्षे रामबहादुर बिक, २१ वर्षीया लक्ष्मी गिरी, त्रियुगा नगरपालिका –३ का ३४ वर्षीया रस्मिला दाहाल, मोरङ जिल्ला सुन्दर हरैचा नपा ६ बस्ने ७९ वर्षका जमुना राई घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही ठाउँका ४१ वर्षका एदुचन्द्र राई, इलाम जिल्ला माईजोगमाई –१ बस्ने २५ वर्षको सगुन गुरुङ्ग, उदयपुरको बेलाका –६ बस्ने ३१ वर्षको डम्मरबहादुर बिक, मोरङ्ग जिल्ला कानेपोखरी –६ बस्ने २१ वर्षको करुण वि क, वेलका न पा बस्ने २० वर्षको सुदिप राई र काठमाडौं बुढानिलकण्ठ –५ बस्ने ४३ वर्षीया शान्ति न्यारिका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई, काठमाडौंका ९ जनालाई बिराटनगर रेफर गरिएको छ । ६ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चपागाईले बताए।
