मौसम : साधारणतया बदली रही वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मनसुनी वायुको प्रभाव देशभर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावलेआज बुधबार देशभर मौसममा साधारणतया बदली रहने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र बागमती प्रदेशका हिमाली भू(भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर