मुस्ताङमा घरपझोङ जलवायु सम्मेलनको उद्घाटन
काठमाडौं । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोगेको पीडाका बारेमा स्थानीय सरकारमार्फत प्रदेश, संघीय सरकार र अन्तर्राष्ट्रि«यस्तरमा दबाब र्सिजना गर्न मुस्ताङको सदरमुकाम जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलनको उद्घाटन भएको छ ।
हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको मङ्गलबार उद्घाटन गरिएको हो ।
गाउँपालिकाको कार्यालयबाट सुरु भएको प्रभातफेरीपछि सम्मेलन स्थलभित्र २८ फिट उचाइको पृथ्वी रोइरहेको जलवायु परिवर्तनको असर अंकित विश्व मानचित्र अंकित गोलाकार आकृतिको बेलुनको कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको हो ।
सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना मन्तव्य वाचनसमेत गरियो । प्रधानमन्त्री शाहको शुभकामना मन्तब्यमा जलवायु परिवर्तनको असरको न्यूनीकरणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
