भोटेकोशी बाढी : १३७२ शव फेला, ४०७७ जना अझै बेपत्ता

काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार रसुवासहित विभिन्न ८ जिल्लामा ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये रसुवामा १ सय ७८, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २७ र नवलपरासी पश्चिममा २ सय २२ जना छन्। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शव माटोमुनि सुरक्षित राखिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी कुल २ हजार ९ सय २ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान नभएका १ हजार २ सय ९५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य अझै जारी छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिलाई राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर