शहीदका आफन्तको आपत्तिपछि गृहमन्त्री सुधन वापस

काठमाडौं ।  ललितपुरको सातदोबाटोमा निर्माण गरिएको जेन–जी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तहरूको विरोधपछि स्थगित भएको छ। शालिकको अनुहार वास्तविक शहीदको अनुहारसँग नमिलेको र निर्माणमा लापरबाही गरिएको भन्दै आफन्तहरूले आपत्ति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ कार्यक्रम स्थलबाट फर्केका छन्।

शहीदका आफन्तहरूले कार्यक्रमबारे अघिल्लो दिन दिउँसो मात्रै जानकारी गराइएको र परिवारको सहमतिबिना शालिक अनावरण गर्न खोजिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्। एक आफन्तले गुनासो गर्दै भने, “यस्तो लापरबाही त नगरिदिनुस्। उहाँहरू बितेर शहीद भइसक्नुभयो, यो सधैँका लागि बस्ने कुरा हो। आज उद्घाटन हो भनेर हिजो दिउँसो ३–४ बजे मात्र थाहा भयो, यसअघि हामीलाई केही पनि जानकारी थिएन।”

घटनास्थलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि शालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न हतार गर्न नहुने बताएका छन्। सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकै पालामा अघि बढाइएको स्मरण गराउँदै उनले भने, “यसको अवधारणा र काम हाम्रै पालामा अगाडि बढाइएको हो। अनुहार मिलिसकेको छैन भने अहिले अनावरण गर्ने हतार गर्नु हुँदैन। परिवारहरूले पनि ठीक छ भनेपछि मात्र परिपक्व ढङ्गले अनावरण गर्नुपर्छ।”

पार्क निर्माणको काम लगभग सम्पन्न भए पनि फिनिसिङ र शालिकको अनुहार मिलाउने काम बाँकी रहेकोले निर्माणकर्ताले पूर्णता दिएपछि मात्र औपचारिक अनावरण गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर