आज भाद्र २१ गते आइतबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको कार्य क्षमतामा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान-सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिति निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कार्यक्षेत्रमा व्यवधान आउन सक्छ। अधिकारीहरूसँग वैमनश्यता बढ्न सक्छ। आफूले गरेको मेहनतको श्रेय अरूले लिन सक्छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिकूल समय अनुकूल बन्दै जानेछ। कार्य क्षेत्रमा राम्रो सद्भाव पाइनेछ। इच्छाअनुरूप कार्य गर्न सकिने छ। पारिवारिक वातावरण सुखमय रहने छ। भ्रमणको योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाईंको इच्छाको मान राखिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा नोकरीबाट धनार्जनका योग छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। जिम्मेवारीले गर्दा काममा धेरै सक्रिय रहनुपर्ने हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्यसम्पादन हुनेछ। जीविकोपार्जनको क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ। विद्यार्थीहरूको लागि समय उत्साहजनक रहनेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य क्षेत्रमा पराक्रममा वृद्धि हुनेछ भने विभिन्न प्रकारको चुनौतीको सामना गर्दा चोटपटकको सम्भावना समेत रहेको छ। धर्म-कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई पढाइमा सन्तोषजनक परिणाम मिल्नेछ। बौद्धिक स्तरको प्रतिस्पर्धामा उच्च स्थान हासिल हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरुसँग बसेर भविष्यको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। उच्च पदस्थ व्यक्तिसँग भेट होला। कार्यक्षेत्रमा लगनशीलताले उत्कृष्ट परिणाम दिनेछ। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ र मान प्रतिष्ठामा वृद्धि हुनेछ। शत्रुहरू सक्रिय होलान्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा नैतिक र कर्तव्य भाव उत्पन्न हुनेछ। नँया नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छोराछोरीको प्रगति देखेर मन उत्साहित रहनेछ। व्यर्थमा धन खर्च हुन सक्ने सम्भावना छ। परिवारलाई समय दिनुपर्ने समय रहेको छ। दिनको उत्तरार्द्धमा नमिठो खबर सुन्नुपर्ने हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य क्षेत्रमा जोश जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूले पनि सहयोग माग्ने छन्। स्वास्थ्यमा ध्यान दिनु होस्। आजको शुभ रंग निलो हो भने शुभ अक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। शिक्षामा प्रगति हुनेछ। मित्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
प्रतिक्रिया
