आज भाद्र २० गते शनिबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो निर्णयमा दृढ रहँदा काम समयमै अघि बढ्नेछ। मिजासिलो व्यवहारले फाइदा दिनेछ। प्रिय व्यक्तिसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थलाई लिएर खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लेखन तथा सिर्जनात्मक काममा नयाँ विचार आउनेछ। सामाजिक कार्यमा तपाईंको मेहनतको प्रशंसा हुनेछ। पुरानो कारोबारबाट आर्थिक लाभ मिल्नेछ। प्रियजनबाट आएको सन्देशले मन खुसी बनाउनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनमा आज एकाग्रता राम्रो रहनेछ। व्यापारिक भेटघाटबाट उपयोगी जानकारी हात लाग्नेछ। पुरानो साथीसँग फेरि कुराकानी सुरु हुनेछ। आकस्मिक लाभको आशामा ठूलो रकम लगानी नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा महत्वपूर्ण समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिको मौका मिल्नेछ। बचततर्फ ध्यान दिँदा आर्थिक अवस्था बलियो हुनेछ। जीवनसाथीसँग भविष्यको योजनाबारे कुराकानी हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नेतृत्व गर्ने जिम्मेवारी तपाईंको हातमा आउनेछ। आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। खेलकुदमा सहभागी हुँदा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ। आवश्यकताले नयाँ कार्य थालनिको सोच दिनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको एकाग्रताले जटिल काम पनि सहज बन्नेछ। कार्यशैलिमा परिवर्तन गर्दा पुरानो समस्याको समाधान हुनेछ। प्रेममा लामो समयदेखि रहेको अन्योल हट्नेछ। कानूनी झमेलाबाट मुक्ति मिल्ने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक भेटघाटबाट नयाँ चिनजान बढ्नेछ। स्वास्थ्यमा छालासम्बन्धि समस्या देखापर्ला ध्यान दिनुहोस्। टाढा रहेको व्यक्तिसँग कुराकानी गर्ने मौका मिल्नेछ। घुमघाममा जाँदा खर्च सोचेर गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्वास बलियो रहनेछ। विद्यार्थीलाई पढाईमा विशेष सफलता मिल्ने योग छ। पुरानो लेनदेनबाट छुटकारा मिल्नेछ। प्रिय व्यक्तिको भावनालाई बुझ्ने अवसर मिल्नेछ। धार्मिक छोटो यात्राले मन प्रसन्न बनाउला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्तिसँग भएको परिचय भविष्यमा उपयोगी बन्नेछ। नयाँ सीपसँग सम्बन्धित जानकारी पाइनेछ। टाढा रहेका व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। यात्राका क्रममा सामान छुट्ने सम्भावना भएकाले सावधानी अपनाउनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा तपाईंको व्यवहारिक सोचले राम्रो परिणाम दिनेछ। वरिष्ठ व्यक्तिबाट महत्वपूर्ण जिम्मेवारी पाउनुहुनेछ। रोकिएको भुक्तानी प्राप्त हुनेछ। परिवारको सहमतिले सम्बन्धमा खुसी थपिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कविता, कथा वा लेखनतर्फ मन आकर्षित हुनेछ। व्यावसायिक सम्पर्कबाट आर्थिक फाइदा हुनेछ। साथीको माध्यमबाट नयाँ क्षेत्रको जानकारी प्राप्त हुन सक्छ। अनलाइन कारोबारमा सावधानी अपनाउनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा राखेको योजना अघि बढाउने हिम्मत आउनेछ। काममा तपाईंको क्षमताको प्रशंसा हुनेछ। व्यवसायबाट राम्रो कारोबार हुनेछ। दाम्पत्य जीवनमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
प्रतिक्रिया
