भोटेकोशी बाढी : मृत्यु संख्या १२ सय ८७ पुग्यो

काठमाडौं । भोटेकोशी बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्याह्नसम्म देशका विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ५९ जनाको शव भेटिएको छ । त्यस्तै, नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका १ हजार २ सय ८७ शवमध्ये हालसम्म ९६ जनाको मात्रै सनाखत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर