चीनले हिमताल तथा नदीमा बन्ने अवरोधसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई हिमताल तथा नदीमा बन्ने अवरोधको जोखिमसँगै आपत्‌कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अवरोध तथा हिमतालको जोखिमसम्बन्धी आपत्‌कालीन जलविज्ञान अनुगमनका सूचना उपलब्ध गराइरहने छ।

दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा भनिएको छ, ‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपत्‌कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउने छ।’

यससँगै चीनका मौसमसम्बन्धी निकायले भोटेकोशी बाढीपछि नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा विपद्को सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर