भाद्र २२ गते राष्ट्रिय शोक दिवस, २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक छुट्टी

काठमाडौं ।  सरकारले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवामा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णयसमेत गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसायिक पुनर्स्थापना योजनाअन्तर्गत राहत कर तथा महसुल छुटलगायत अन्य सहुलियत सुविधा प्रदान गर्ने भएको छ ।

त्यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन परिणामको चिनी एक प्रतिशत भन्सार महसुल लिएर आयात गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ।

बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार मृत्यु भएमा प्रति परिवार १० लाख रकम दिने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर