सेना र सशस्त्रको उद्धार टोली त्रिशूली–३ ‘ए’ को सुरुङभित्र प्रवेश
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रको वाधा–व्यवधान हटाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोली करिब १० मिटरभित्र प्रवेश गरेको उद्धारमा संलग्नहरूले बताएका छन् ।
उद्धारकर्मी इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले एक्साभेटरको मद्दतले विस्फोट गरिएका ढुंगा तथा अन्य व्यवधान हटाउने काम भइरहेको र ठूलो प्रयासपछि उद्धार टोली सुरुङको भुइँ तल्ला नजिक पुगिसकेको छ । योसँगै पीडित परिवारजनमा जीवितै उद्धारको आशाको ज्योति पलाएको छ ।
प्रतिक्रिया
