चीनका फरेन्सिक विज्ञसहित राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । चीन सरकारका तर्फबाट नेपालका लागि पठाइएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको विशेष ढुवानी विमानमार्फत उक्त राहत सामग्री काठमाडौं ल्याइएको हो।

राहत सामग्रीसँगै चीनबाट नेपाल आएका विज्ञहरूको चौथो टोलीका रूपमा १० जना फरेन्सिक विज्ञहरूसमेत सोही उडानमार्फत काठमाडौं  आइपुगेका छन्। काठमाडौंमा आयोजित एक विशेष समारोहका बिच उक्त राहत सामग्री औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ  को सहभागिता  थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर