कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् ।

उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रूख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिए । रूखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर