बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढी प्रभावित क्षेत्रमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार घरबाट १३ महिला र ११ पुरुषको शव निकालिएको हो। मृतकमध्ये एक बालक पनि रहेको बताइएको छ। शवको पहिचान हुन बाँकी छ। नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सबै शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
प्रतिक्रिया
