आज भाद्र १५ गते सोमबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कामको दायित्व बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्य प्रारम्भ हुनेछ। केही प्रतिष्ठित कार्य गर्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यवसायिक काममा राम्रो फड्को मार्न सकिनेछ। नयाँ कामको जिम्मेवारी पाइनेछ। आम्दानिका स्रोत बढ्नुका साथै परिवारसँग रमाइलो यात्राको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्य कमजोर हुनाले काम गर्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोखा पाइएला। व्यवसायिक काममा खर्च बढ्नेछ। नमागी अरूलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। साझेदारी वा सट्टापट्टामा विशेष लाभ आर्जन गर्ने समय रहेको छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उठ्नुपर्ने रकम हात लागि हुनेछ भने नयाँ कामको जग बसाउने अवसर रहेको छ। व्यापार व्यवसायमा न्यूनतम उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन पाइनेछ। प्रेम सम्बन्ध कसिनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुजनहरूबाट सहयोग मिल्नेछ। बाध्यात्मक काममा जुट्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरपरिवारसँग राम्रो तालमेल बनाउन सकिनेछ। केही विवादमा पर्ने योग छ सचेत रहनुहोला। सवारी साधनको उपयोग गर्दा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य जीवनमा सुख र समृद्धिमा वृद्धि हुनेछ। चिताएको काम पूरा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिस्पर्धीहरूले अप्ठ्यारो पार्न सक्छन् सचेत रहनुहोला। धन अरुको हातमा जानदेखि जोगिनेछ। संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मुद्दा मामलाहरूमा विजयी भइनेछ। जीवनसाथीसँग पायक स्थानमा भ्रमणका योग छन्। स्वास्थ्यले साथ दिनेछ। प्रतियोगी परीक्षामा सफलता हात लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धन खर्च गर्दा सोचविचार पूर्वक गर्नुहोला। प्रेममा भावुकपना धेरै हुनसक्छ। स्वास्थ्य कमजोर हुनसक्ने संकेत भएकाले खानपानमा ध्यान दिनुहोला। काममा अल्छीपनालाई परै राख्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता हुनेछ। स्वास्थ्य र मनस्थिति बलियो हुनेछ। मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग आकाशी निलो हो भने शुभ अंक १ रहेको छ।
प्रतिक्रिया
