प्रधानमन्त्री सचिवालयको भनाइ : “सुरुङभित्र बोलाउँदा कुनै प्रतिक्रिया आएन”
काठमाडौं । नेपाली सेनाले अपर त्रिशुली ३ ‘ए’को क्राउन हेड फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आइतबार अपराह्न टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो ।
विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायतको सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो माग फेला पारेको उनले बताए।
उनले भने, ‘प्वाल पारेर हेर्दा ७ मिटरको डाइमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको छ ।’ क्राउन हेडमा प्वाल पारेर उद्धार टोलीसमेत भित्र प्रवेश गरेको सथयो । त्यसक्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । ‘त्यसपछि उद्दारलाई थप सहज र तीब्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम भइरहेको छ,’ सचिवालयले भनेको छ ।
सैनिक अधिकारीहरुका अनुसार, त्यहा“ कम्तिमा ३५ जना फसेको अनुमान छ । प्राविधिक विश्लेषणपछि उनीहरुले ३५ जनाको विवरण दिएका हुुन् । प्रहरीको तथ्यांकमा चाहिँ करिब २०० जना फसेको भनिएको छ ।
सेनाको उपकरण र टोली मात्र सबै प्रभावित क्षेत्रमा उद्दारका लागि खटिँदा समय लाग्ने भएपछि सरकारले भारत र चीनका विज्ञको सहयोग समेत सरकारले लिएको छ । तर, सैनिक प्रवक्ता बस्नेतका अनुसार, यो सुरुङमा नेपाली सेना मात्र खटिएको थियो ।
