बाढीमा परेकाहरूमध्ये चार हजारको सकुशल उद्धार

काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार  पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । यस विपद्‌मा २४ सय जना अझै बेपत्ता रहेको उनले बताए ।

मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग

मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार पत्रकार सम्मेलनमा फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्‍याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउँद मित्रराष्ट्रहरूसँग सहयोगको प्रस्ताव गरेको जानकारी दिए।

रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ। यसका लागि डीएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्‍याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको मन्त्री खनालले बताए।

बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको छ। विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताए। हालसम्मको तथ्याङ्कअनुसार करिब १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ। यद्यपि हानी र नोक्सानीको विस्तृत अध्ययनपछि मात्र यकिन तथ्याङ्क आउने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर