काठमाडौं–मुग्लिङ सडक खण्डमा गाडी सञ्चालन

काठमाडौं ।  रसुवामा आएको विनाशकारी बाढीका कारण तीन दिनसम्म सडक अवरुद्ध हुँदा प्रभावित बनेको यातायात सेवा अहिले क्रमशः सहज हुन थालेको छ। काठमाडौं–मुग्लिङ सडक खण्डको अधिकांश भागमा पूर्ण रूपमा गाडी सञ्चालनमा आएको छ।

तर धादिङको बैरेनी बजार क्षेत्रमा भने करिब १ किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भइरहेको छ। यही भदाै १० गते भोटेकोसीमा आएको बाढी र त्यसपछि विभिन्न स्थानमा आएको पहिरो तथा सडकमा थुप्रिएको लेदो, काठपातका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमार्गसमेत प्रभावित भएको थियो।

सडक विभाग र सुरक्षाकर्मीले सडकको  अवरोध हटाउँदै गएपछि अहिले यातायात सञ्चालन हुन थालेको हो। बैरेनी बजारको एक किलोमिटर सडकखण्डमा मर्मत तथा व्यवस्थापनको काम भइरहेकाले सवारीसाधन एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाइएको छ। यात्रुलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर