नेपालतर्फको हिमनदी भत्किएपछि भोटेकोशीमा बाढी आएको चिनियाँ पक्षको आँकलन

काठमाडौं ।  नेपालतर्फ उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि चीनको सिजाङ स्वायत्त क्षेत्रको गेइरोङ काउन्टीमा ठुलो पहिरो आएको प्रारम्भिक आँकलन गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार चीन र नेपालका विज्ञ तथा सम्बन्धित निकायले गरेको प्रारम्भिक मूल्यांकनले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि पहिरो आएको देखाएको बताएका हुन्।

लिनले पहिरोको कारण पत्ता लागेको छ कि छैन, घटनामा फसेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ कि छैन र अझै मानिसहरू बेपत्ता छन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। ‘हामी सम्बन्धित विवरण थप पुष्टि गरिरहेका छौँ। हामीले सम्बन्धित देशका चीनमा रहेका दूतावासलाई जानकारी गराएका छौँ र सम्पर्क कायम राख्नेछौँ’, लिनले भने।

विज्ञहरूका अनुसार हिमनदीबाट हिउँ तथा बरफ खसेपछि त्यसले बाटोमा रहेका हिमनदीका अवशेष, माटो र चट्टान बगाउँदै तीव्र गतिमा तल झरेको थियो। त्यसपछि उक्त माटो तथा अवशेषको बहाव गेइरोङ बन्दरगाहसम्म पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर