नेपालमा रहेका करिब एक सय जना चिनियाँ सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट नेपालमा रहेका कम्तीमा एक सय जना चिनियाँ हराएका छन् । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले केरुङतर्फ ठूलो संख्यामा जनधनको क्षति भएको जनाउँदै नेपालतर्फ पर्यटन र व्यवसायमा संलग्न करिब १ सय चिनियाँ हराएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता लिन जियानले आजको नियमित पत्रकार सम्मेलनमा भने, ‘हराएका चिनियाँ नागरिकको खोजीका लागि काठमाडौंस्थित दूतावासले नेपाली अधिकारीहरुसँग सूचना र जानकारी आदान प्रदान गरिरहेको छ ।’
प्रतिक्रिया
