नेपालको विपद् प्रभावित क्षेत्रमा सहयोग गर्ने चीनको निर्णय

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले बाढी प्रभावितको उद्धार तथा राहत कार्यबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) नेतृत्वको बैठक राखेका छन्। शुक्रबारको सो बैठकले नेपालको विपद् प्रभावित क्षेत्रमा सहयोग दिने र उद्धारका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्ने निर्णय पनि गरेको छ।

सिन्ह्वाका अनुसार सीपीसीको राजनीतिक ब्युरोको बैठकमा चीनको केरुङ काउन्टीमा तत्काल उद्धार कार्यक्रम गरिएको र प्रभावित मानिसहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको जानकारी दिइएको थियो।

अत्यन्त चिसो र भिरालो ठाउँमा विपद्को घटना भएकाले उद्धार कार्यमा ठूलो चुनौती रहेको निष्कर्ष निकाल्दै बैठकले उद्धारका लागि प्रभावकारी उपायहरू अपनाउन सम्बन्धित विभागहरूलाई निर्देशन पनि दिएको छ।

बेपत्ताको खोजी तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्न र सकेसम्म छिटो बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धार गर्न बैठकले जोड दिएको छ। यसअघि पनि भदौ १० मै राष्ट्रपति सीले तुरुन्त उद्धार तथा राहतमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सोहीअनुसार चिनियाँ प्रधानमन्त्री ली छियाङले बिहीबार केरुङ क्षेत्रको भ्रमण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर