भारतबाट ‘टनेल रेस्क्यु टिम’ काठमाडौं आउँदै

काठमाडौं ।  भारतले एउटा ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका छन्।

त्यसका लागि आवश्यक सामग्रीहरुबारे जानकारी लिन एउटा रेक्की टिम पहिले पठाउने उनको भनाइ छ। त्यसका अलावा स्वास्थ्यकर्मीको टोली पनि पठाउन लागिएको उनले बताए। त्यस्तै भारतले एउटा बेलीब्रिज नेपालमै रहेको र त्यो उपयोग गर्ने सकिने पनि उनले जानकारी दिए। नेपालले शुक्रबार नै भारत र चीनलाई ४२ वटा बेलिब्रिज पठाइदिन आग्रह गर्दै पत्र लेखेको थियो।

नेपालमा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका उद्धारकर्तालाई पठाउने प्रस्ताव गरेको पनि उनले जानकारी दिए। त्यसबारे नेपालको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ। जैसवालले शुक्रबार साँझसम्ममा करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी भइरहेको पनि उनले बताए। उनले नेपालबाट उद्धार गरिएका २१ जना तमिलनाडुका मानिसहरु दिल्ली ओर्लिएको पनि जानकारी दिए। विदेशमन्त्री एस जयशंकरले उद्धारका लागि नेपाली सेना र सरकारलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर