भोटेकोशीमा पुन: बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठुलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ ।

थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर