भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ३ बजेसम्म पाँच  सय ४७ जनाको शव फेला परेको जानकारी दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३७ जना, चितवनमा २२१ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।

हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ९४ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर