सेनाद्वारा १२३ जनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौं । रसुवामा हिजो बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्तामध्ये नेपाली सेनाले बिहीबार बिहान मात्रै हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी गरिएको छ।
त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको उद्धार गरिएको छ। अन्य तीन वटा सुरुङमा फसेकाको उद्धार कार्यसमेत जारी रहेको नेपाली सेनाले जनाएको छ। टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ।
प्रतिक्रिया
