भोटेकोशी बाढी : चीनद्वारा फेक न्यूजको खण्डन
काठमाडौं । रसुवागढी–केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासले दुई देशबीचको सीमा क्षेत्रमा भएको विपदबारे लगाइएका आरोपलाई ‘फेक न्युज’ भन्दै पूर्णतः भ्रामक र असत्य भएको जनाएको छ। चीनले पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फको भौगर्भिक विपद् बाँध भत्किएर नेपालमा क्षति पुगेको भन्ने दुवै आरोप गलत भएको जनाएको छ।
दूतावासका अनुसार २६ अगस्ट २०२६ बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै झड्कासहित हिमपहिरो गएको थियो। त्यसपछि ठूलो पहिरो खसेर रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ मानवीय क्षति तथा मानिस बेपत्ता हुने अवस्था सिर्जना भएको चीनको भनाइ छ।
प्रतिक्रिया
