उद्धारमा खटिन चीनका राष्ट्रपति सीको निर्देशन

काठमाडौं ।  चीनका राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमामा उच्च बाढीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनु भएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार चीनका राष्ट्रपति सी चिनफिङले चीन नेपाल सीमामा आइपरेको विपत्का कारण कयौँ मानिस हताहती भएकाले उद्धारमा खटिन चिनियाँ सरकारी अधिकारीहरुलाई  निर्देशन दिनुभएको हो ।

चीनको दक्षिण–पश्चिमी सिमानजिक पर्ने  सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपालको सीमा नाकामा बुधबार बिहान गएको लेदोसहितको भीषण बाढीमा परेर धेरै मानिस हताहती हुनुका साथै मानिसहरू बेपत्ता भएकाले उनीहरूको खोजी तथा उद्धारका लागि हदैसम्मको प्रयास गर्न निर्देशन दिनुभएको उक्त समाचार संस्थाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर