उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशन दिँदै ब्रिफिङ गर्नुभयो।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिनुभएको छ।
प्रतिक्रिया
