भारतमा मोदी भक्तहरूको अनौठो कार्य !

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भगवान रामको अवतारका रूपमा प्रस्तुत गरी उहाँको कटआउट अगाडि धूप, बत्ती र आरती गरिएको अनौठो भिडियो भाइरल भएपछि दिल्लीको राजनीतिक र पत्रकारिता वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।

‘प्रेस क्लब अफ इन्डिया’को प्रेक्ष्यालयमा बिहार ट्रान्सजेन्डर कल्याण बोर्डका पदाधिकारीहरूले प्रधानमन्त्री मोदीको कटआउट अगाडि ‘मोदी चालिसा’ पाठ गर्दै “जय जय मोदी, हर हर मोदी” को नारा गुञ्जाएका थिए। यति मात्र होइन, उनीहरूले बिहारमा ११२ करोड भारतीय रुपैयाँको लागतमा प्रधानमन्त्री मोदीको सुनको मूर्तिसहितको मन्दिर बनाउने घोषणा समेत गरेका छन्।

निष्पक्ष सञ्चारमाध्यम र पत्रकारहरूको थलो मानिने प्रेस क्लबपरिसरमै राजनीतिक एवम् धार्मिक ‘भजन-कीर्तन’ गराइएको भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश र आलोचना फैलिएको छ।

विवादले उग्र रूप लिएपछि इण्डिया टुडेका अनुसार ‘प्रेस क्लब अफ इन्डिया’ले आपत्कालीन विज्ञप्ति जारी गरी बचाउ गरेको छ। क्लबले हल केवल सामान्य पत्रकार सम्मेलनका लागि भाडामा दिइएको तर आयोजकले सम्झौताका सर्तहरू नाघेर धार्मिक पूजापाठ गर्न थालेपछि तत्कालै हस्तक्षेप गरी कार्यक्रम रद्द गराएको स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर