आम नागरिक बन्न आएका देउवा भेलालाई सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा इतर पक्षले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेला बिहान ११ः३० बजे सुरु हुने र त्यस भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

नेता डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना गर्न लागिएको भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने दावी गरिएको छ। भेलाको बन्द सत्र साउन ३० र ३१ गते हुने बताइएको छ। स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा हिजो बिहीबार मात्र काठमाडौं फर्किएका थिए। उनले काठमाडौं टेकेपछि जारी गरेको विज्ञप्तिमा आफू नेता बनेर नफर्किएको र आम नागरिकका हैसियतमा फर्किएको नैराश्यबोधक आशयको भावाभिव्यक्ति प्रेषित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर