ललितपुरको बागडोलबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले श्रेष्ठलाई हिजो बुधबार साँझ ललितपुरस्थित घरनजिकै बागडोलबाट पक्राउ गरेको हो ।  उनीविरूद्ध साइबर अपराधसम्बन्धी केही जाहेरी परेको बताइएको छ । श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानविन गरी पक्राउ गरिएको बता उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

श्रेष्ठलाई तत्काल रिहा गर्न प्रचण्डको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरेका छन् । समाचार लेखेकै आधारमा राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको उनको भनाइ छ । बिहीबार एकाबिहानै फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘नेपालको स्थापित पत्रिका र त्यसका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो । तत्काल रिहाइको माग गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर