शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं ।  विशेष अदालतले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक आदेश जारी गरेको हो।

गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो। अदालतको आदेशबमोजिम तोकिएको धरौटी रकम बुझाएर उनी साधारण तारेखमा रिहा हुने बाटो खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर